काठमाडौँ महानगरपालिका वडा–३२ स्थित पेप्सीकोलाको जनयोग तथा ऋण सहकारी संस्थाका सञ्चालक केही दिन यता फरार बनेका हुन् ।
सहकारी दाजु बहिनीले चलाउँदै आइरहेका थिए । दाजु अर्जुन कार्की सहकारीको अध्यक्ष थिए भने बहिनी आस्था कार्की पाण्डेय ऋण शाखाको प्रमुख थिइन् । उनीहरुले बानेश्वरमा पनि सहकारीको सेवा केन्द्र खोलेका थिए । सहकारीका कर्मचारीहरू पुस २६ गतेपछि बचत सङ्कलन गर्न हिँड्न छाडेका थिए ।
सहकारीका सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ताहरूले काठमाडौँ महानगरपालिकामा मंगलबार मुद्दा दायर गरेका हुन् । बचतकर्ताका अनुसार सहकारीका दाजु बहिनी करिब २० करोड रकम लिएर फरार भएका हुन् । बचतकर्ताहरूले तत्काल सम्पर्कमा आएर बचतकर्ताहरूको पैसा फिर्ता आग्रह पनि गरेका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
प्रधानमन्त्री वालेन्द्र शाह आज बाढी प्रभावित क्षेत्रमा
१४ औं नाट्टा अधिवेशनबाट गण्डकीकाे अध्यक्षतामा संगीता पौडेल
त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइयाे