सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ मा जीप दुर्घटना हुँदा दुई भुटानी नागरिकको ज्यान गएको छ, साथै पाँच जना घाइते भएका छन् ।
बा २ च ४४५० नम्बरको जीप दुर्घटना हुँदा भुटानी नागरिक ३३ वर्षीय अब्गे र ७१ वर्षीय वाङ्मोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।
जीपमा पाँच जना भुटानी नागरिक र एक जना नेपाली चालक थिए । गुम्बा जाँदै गरेको जीप सडकबाट तल खसेको हो । घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ पठाएको प्रहरीले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
प्रधानमन्त्री वालेन्द्र शाह आज बाढी प्रभावित क्षेत्रमा
१४ औं नाट्टा अधिवेशनबाट गण्डकीकाे अध्यक्षतामा संगीता पौडेल
त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइयाे