सर्लाहीको बलरामा एक युवती घरमै मृत फेला परेकी छन्। मृत्यु हुनेमा बलरा नगरपालिका–४ जब्दी बस्ने छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी छिन् ।
मंगलबार राति घरमै उनको शव शंकास्पद अवस्थामा फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक प्रविन धितालले जानकारी दिएका छन् ।
मृतक पूजा देवीको घाँटीमा डाम देखिएको र उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार भएकाले घटना शंकास्पद बनेको एसपी धितालको भनाइ रहेकाे छ ।
घटना हुनुअघि घरमा विवाद भएको जानकारी समेत स्थानीयबाट पाएको प्रहरीले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
प्रधानमन्त्री वालेन्द्र शाह आज बाढी प्रभावित क्षेत्रमा
१४ औं नाट्टा अधिवेशनबाट गण्डकीकाे अध्यक्षतामा संगीता पौडेल
त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइयाे