मुग्लिन–नारायणगढ सडकखण्डमा पुलको फाउण्डेशन बनाउन भित्ता काट्ने कामका गर्नकाे लागि २१ दिन म्याद थप गरी सडक बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैठकले माघ २१ गतेदेखि २१ दिनसम्म सडक दैनिक ४ घण्टा बन्द गरेर भित्ता काट्ने कामलाई निरन्तरता दिने निर्णय गरेको आयोजनाका इन्जिनियर सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।
तुइन खोला पुलको जग हाल्न मुग्लिनतर्फको भित्ता काट्ने काम भैरहेको छ । त्यसका लागि हाल दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द हुँदै आएको छ ।
याे सडक खण्डमा बन्ने नयाँ १९ वटा पुल मध्ये यही तुइन खोलाको पुलको काम बाँकी रहेकाे छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
प्रधानमन्त्री वालेन्द्र शाह आज बाढी प्रभावित क्षेत्रमा
१४ औं नाट्टा अधिवेशनबाट गण्डकीकाे अध्यक्षतामा संगीता पौडेल
त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइयाे