सिराहाको लहानमा एक नाबालिगमाथि ललाइफकाइ गरी बलात्कार भएको छ । लहान नगरपालिकाको वडा नम्बर १ स्थित साथीको कोठामा लगेर बलात्कार गरेको जानकारी अाएकाे हो ।
फागुन २ गते अर्थात् ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर निकेश यादवले १५ बर्सिया नाबालिगलाई बलात्कार गरेको सिराहा प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले बताएका छन् । लहान नगरपालिका १ स्थित बस्ने अरुण यादव (निकेशकाे साथी) ले भाडामा लिएर बस्दै आएको कोठामा निकेश यादवले नाबालिगमाथि बलात्कार गरेको सिराहा प्रहरीले जनाएकाे छ।
बलात्कृत बालिकाको अवस्था गम्भीर रहेको सिराहा प्रवक्ता पाण्डेले बताएका छन् । बुधबार दिउँसो बलात्कृत बालिका अत्यधिक रक्तश्राव भएर भएर बेहोस भएकी थिइन् । उपचारपछि उनको अवस्था सामान्य बनेपछि पीडितलाई घर पठाइएको सिराहा प्रहरीले बताएका छन्।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
प्रधानमन्त्री वालेन्द्र शाह आज बाढी प्रभावित क्षेत्रमा
१४ औं नाट्टा अधिवेशनबाट गण्डकीकाे अध्यक्षतामा संगीता पौडेल
त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइयाे