राप्रपाले मिटर ब्याज, लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई चेतावनी दिएको छ ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बालुकुमारी घटनामा दोषी ठहरिएका मन्त्रीको राजीनामा सँगै मिटरब्याज र लघुवित्त पीडित, दुग्ध उत्पादक किसानको भुक्तानीको मुद्दा संसदमा निरन्तर उठेको बताएका छन् ।
तर सरकारले सुनेर पनि नसुनेको, देखेर पनि नदेखेको जसरी बसेको भन्दै उनले भने, ‘सरकारले मिटरब्याज र लघुवित्त पीडित, दुग्य उत्पादक किसानको विषयमा आउने बैठकभित्र ठोस सम्बोधन गरेन भने राप्रपाले आउने बैठकबाट संसद अवरुद्ध गर्छ ।’
उनले अघि भने, ‘संख्यामा कम भएका कारण यहाँबाट निकालिन्छ भने हामी निस्कन तयार छौं । तर यो समस्यामा राप्रपा संसद र सडक अब दुवैतर्फ उभिन्छ ।’देशमा कस्तो न्याय व्यवस्था छ भन्ने अहिले सडकमा देखिएको उनले बताएका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
प्रधानमन्त्री वालेन्द्र शाह आज बाढी प्रभावित क्षेत्रमा
१४ औं नाट्टा अधिवेशनबाट गण्डकीकाे अध्यक्षतामा संगीता पौडेल
त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइयाे