देशका धेरै ठाउँमा आज पनि मौसम बदली भएको छ । तर बेलुकीदेखि धेरै ठाउँको मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना छ ।
केही ठाउँमा अहिले पनि पानी परिरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाण्डौ उपत्यका र अरु पहाडी भेगका केही ठाउँमा पनि आज छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भेगका एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । बेलुकीदेखि भने मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
प्रधानमन्त्री वालेन्द्र शाह आज बाढी प्रभावित क्षेत्रमा
१४ औं नाट्टा अधिवेशनबाट गण्डकीकाे अध्यक्षतामा संगीता पौडेल
त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइयाे