पशुपतिमा महाशिवरात्रि पर्वकाे तयारी, आसपासका क्षेत्रमा मासु जाँडरक्सी तथा नशालु पदार्थहरू निषेध
फागुन २५ गते महाशिवरात्री पर्व नजिकिदैँ छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि २०८० को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । पशुपतिमा शिवरात्रिमा ६ हजार स्वयमसेवक पनि परिचालन हुनेछन् ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले महाशिवरात्रि पर्वको लागि पशुपति मन्दिर परिसर आसपासका क्षेत्रमा पाँच दिन भोलि फागुन २३ गतेदेखि फागुन २७ गतेसम्म पशुपति क्षेत्र आसपास कसैले पनि मासु, जाँडरक्सी तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डार र सेवन नगर्न आग्रह रहेकाे छ।
गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा निषेध गरिएको छ ।
यो वर्ष भारतबाट साधुसन्तहरु झण्डै ४ हजार जनाको सङ्ख्यामा आउने प्रक्षेपण कोषले गरेको छ
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
प्रधानमन्त्री वालेन्द्र शाह आज बाढी प्रभावित क्षेत्रमा
१४ औं नाट्टा अधिवेशनबाट गण्डकीकाे अध्यक्षतामा संगीता पौडेल
त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइयाे