जनकपुरधाम उपमहानगरपालिका-२० रुपैठाकी ३६ वर्षीया गौरी देवीको करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
उनलाई आज बिहान पौने ६ बजे चार्जमा लगाएको ई-रिक्साको तार छुटाउने क्रममा करेन्ट लागेको थियो ।
उपचारको लागि न्यूरो हस्पिटलमा पुर्याइएकाे भएतापनि चिकित्सकले मृत घोषणा गरेको डिएसपी अवाले जानकारी दिएका छन् ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
प्रधानमन्त्री वालेन्द्र शाह आज बाढी प्रभावित क्षेत्रमा
त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइयाे