logo trishakti

पेरिस ओलम्पिकमा ब्याडमिन्टन खेलाडी प्रिन्स लगातार तेस्रो खेलमा पनि पराजित

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

 पेरिस ओलम्पिकमा  नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल समूह चरणको तीन वटै खेलमा पराजित भएका छन् । आज भएको समूह 'पी' को पुरुष एकलतर्फ प्रिन्स इजरायलका मिसा जिलबरमनसँग २१–१२ र २१–१० ले पराजित भएका छन् । 

यसअघि प्रिन्स समूह चरणको पहिलो खेलमा विश्व वरीयताको शीर्ष दुईमा रहेका डनेमार्कका भिक्टर एक्सेल्सेनसँग र दोस्रो खेलमा विश्व वरीयताको ४३ औँ स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसँग पराजित भएका थिए । नेपालले पहिलो पटक ओलम्पिकमा ब्याडमिन्टनतर्फ सहभागिता जनाएको हो ।

 

प्रतिक्रिया दिनुहोस