logo
citizen

कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र न. १ मा सरोज केसी निर्वाचित

News Logoपरिचित खवर संवाददाता एक महिना अगाडि
87 2 minutes read

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय समिति सभापतिमा युवा नेता सरोज केसी निर्वाचित भएका छन्। बिहीबार राति सार्वजनिक अन्तिम मतपरिणामअनुसार उनी आफ्ना निकटतम प्रतिस्पर्धी ओमप्रकाश गुरुङलाई ६१ मतान्तरले हराउँदै विजयी बनेका हुन्।

दुई दिनअघि सम्पन्न मतदानको मतगणना बिहीबार राति साढे १ बजे सकिएको थियो। कुल खसेको ९७० मतमध्ये विजयी केसीले ४७२ मत पाए। उनका निकटतम प्रतिस्पर्धी गुरुङले ४११ मत ल्याए। सभापतिका अर्का उम्मेदवार अप्सरा श्रेष्ठले भने ७० मत मात्र ल्याइन्। यसैगरी सहसचिव पदमा २७७ मत ल्याएर प्रताप बानियाँ निर्वाचित भए।

कास्की कांग्रेसका पूर्व सभापति कृष्ण केसीका छोरा सरोज लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय छन्। उनी यसअघि प्रदेश सभा सभापति थिए। 

—

प्रतिक्रिया दिनुहोस