पोखरामा यस वर्ष करिब २ करोडको फूलको कारोबार हुने आंकलन गरिएको छ । पोखरा महानगर र फ्लोरी कल्चर एसोसियसन नेपाल (फ्यान)कास्कीको अनुमानमा यहाँ उत्पादन हुने फूलले २ करोडको अर्थात ७० प्रतिशतको बजार धान्नेछ । अन्य फूल छिमेकी जिल्लाबाट ल्याइने बताइएको छ ।
बितेका २ वर्षदेखि पोखरामा भारतबाट फूल नआएको पोखरा महानगरपालिकाका आर्थिक महाशाखाका प्रमुख मनहर कडरिया दाबी बताउँन् । उनले फूलको आन्तरिक उत्पादनमा व्यवसायीको योगदान रहेको बताए । पोखरा क्षेत्रको बजार मागको ७० प्रतिशत फूल पोखरामै उत्पादन हुने उनले जानकारी दिए ।
महानगरले विगत ३ वर्षदेखि स्थानीय उत्पादनलाई जोड दिएको दिएको जानकारी दिँदै उनले किसानलाई बिउमा अनुदान र प्रविधिमा सहयोग गरेको उल्लेख गरे । पोखरामा २ सय रोपनी क्षेत्रफलमा पूmलको उत्पादन हुने जानकारी दिँदै उनले विकल्पको बाली भएको फूल खेतीले पर्यटकीय राजधानी पोखराको शोभा बढाएको चर्चा गरे ।

पोखरालाई फूल उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले महानगरपालिकाले किसानलाई प्रोत्साहनस्वरूप बिउ तथा मल्चिङ प्लास्टिक खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ । हाल महानगर क्षेत्रमा १ सय ६० भन्दा बढी किसान व्यावसायिक फूलखेतीमा आबद्ध रहेको कडरियाले जानकारी दिए । यस वर्ष फूल उत्पादन राम्रो देखिए पनि पछिल्ला दिनमा परेको वर्षाका कारण खुला क्षेत्रमा लगाइएको फूलमा केही क्षति केही मात्रामा क्षति पुगेको उनको भनाइ छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
फूल उत्पादनमा पोखरा आत्मनिर्भर हुदैँ
एनपीएलमा विराटनगरले दियाे जनकपुरलाई १७५ रनकाे लक्ष्य