जापानको टोकियोमा रहेको एक पसलबाट चोरी भएको झन्डै २ लाख ९० हजार अमेरिकी डलर अर्थात् ४ करोड ३९ लाख रुपैयाँ बराबरको स्वीश लक्जरी घडी हस्तलिखित माफीपत्रसहित फिर्ता गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार घडी चोरी भएको एक हप्तापछि पसलमा प्याकेजमार्फत फिर्ता पठाइएको हो ।
ग्राहक बनेर पसल पुगेका एक व्यक्तिले अडेमार्स पिगुएट ब्रान्डको घडी लगाएर हेर्ने क्रममा आफ्नो नाडीमा राखेपछि पसलबाट भागेका थिए । तर चोरी भएको घडी भएको प्याकेज र त्यससँगै ‘माफ गर्नुहोस्’ लेखिएको हस्त लिखित नोट पसलमा प्राप्त भएको हो ।
घडीको सिरियल नम्बरमा आधारमा त्यसलाई चोरीको वस्तुका रूपमा पहिचान गरिएको हो । टोकियो प्रहरीले चोरीमा संलग्न भएको आशङ्कामा व्यक्तिको खोजी गरिरहेको छ ।
यसै वर्ष अगस्टमा यही शपिङ कम्प्लेक्सको अर्को पसलबाट २ करोड येन बराबरका ४ वटा महँगा घडी चोरी भएका थिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
फूल उत्पादनमा पोखरा आत्मनिर्भर हुदैँ
एनपीएलमा विराटनगरले दियाे जनकपुरलाई १७५ रनकाे लक्ष्य