logo
citizen

पहिरोका कारण जोमसोम–कोरला सडक अवरुद्ध

News Logoपरिचित खवर संवाददाता एक महिना अगाडि
87 2 minutes read

लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको छ । जोमसोम–कोरला नाका जोड्ने सडकखण्डको तीन स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

कोरला नाका जाड्ने जोमसोम–कोरला राष्ट्रिय राजमार्गअन्तर्गत बारागुङ मुक्तिक्षेत्रको चैले गाउँभन्दा माथि कालोभीर, कागबेनीदेखि ताङ्वे सडक र उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमीस्थित सेल्फीडाँडा सडकमा पहिरो खसेपछि सडक अवरुद्ध हुन पुगेको हो ।

प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार लोघेकर दामोदरकुण्ड–२ घमीस्थित सेल्फीडाँडाको अवरुद्ध सडकको पहिरो पन्छ्याइए पनि चैलेस्थित कालोभीर सडक र कागबेनी–ताङ्वे सडकमा पहिरोका कारण सडक अवरुद्ध भइरहेको छ ।

कागबेनी–ताङ्वे सडकमा पहिरो खसेपछि प्रहरीचौकी कागबेनीको टोली त्यसतर्फ प्रस्थान गरिसकेका प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे । पहिरोका कारण जोमसोम–कोरला सडक अवरुद्ध भएसँगै चीनसँग आयात निर्यातमा समस्या देखिएको छ ।

—

प्रतिक्रिया दिनुहोस