logo
citizen

अविरल वर्षा र बाढीका कारण बागलुङमा १० जनाको मृत्यु

News Logoपरिचित खवर संवाददाता एक महिना अगाडि
87 2 minutes read

अविरल वर्षासँगै आएको पहिरोका कारण बागलुङका छुट्टाछुट्टै स्थानमा १० जनाको मृत्यु भएको छ। पहिरोमा परी एक जना बेपत्ता भएका छन्।

जिल्लाको तमानखोला, निसीखोला र ताराखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा असोज १० र ११ गते परेको अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा सो जनधनको क्षति भएको हो।

प्राप्त विवरणअनुसार तमानखोला गाउँपालिका–४ सन्तरमा पहिरोले घर पुरिँदा ६५ वर्षीया उदिसरा विक र ५० वर्षीय हस्तवीर विकको मृत्यु भएको छ। सोही घटनामा ५२ वर्षीया पुनसरा विक बेपत्ता भएकी छन्। यस्तै, तमानखोला गाउँपालिका–३ धनारकुकका ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको पनि पहिरोमा परी मृत्यु भएको छ।

—

प्रतिक्रिया दिनुहोस